बुधवार, आश्विन १४ गते २०८३

श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने

बिहिवार , फाल्गुण ११, २०७९

एजेन्सी । श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७  हजार रोजगारीका अवसरहरू सृजना गरिने भएको छ ।

विदेशमन्त्री अली साब्रीले बुधबार संसद्मा सो कुरा बताएका हुन् । श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने साब्रीको विश्वास छ ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् ।

कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार