बिहिवार, आश्विन २२ गते २०८३

'पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति-उपराष्ट्रपति हुन बन्देज छैन'

बिहिवार , फाल्गुण ११, २०७९

काठमाडौं। सर्वोच्च अदालतबाट अवकाश पाएका प्रधानन्यायाधीश वा न्यायाधीश राष्ट्रपति र उपराष्ट्रपति हुनलाई कुनै कानुनी बाधा नरहेको बहालवाला न्यायाधीशहरूले बताएका छन् ।

बहालवाला न्यायाधीशहरूको संस्था न्यायाधीश समाज नेपालले आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशलाई राष्ट्रपति बन्न बाधा नरहेको उल्लेख गरेको बताएको हो ।

बुधबार सर्वोच्च अदालत बार एशोसिएसनले पूर्वप्रधानन्यायाधीशहरूको नाम राष्ट्रपतिका लागि चर्चामा आएको भन्दै उनीहरू राष्ट्रपति बन्न मिल्ने/नमिल्नेबारे जानकारी मागेको थियो ।

सर्वोच्च बारको सो टिप्पणीपछि समाजले विज्ञप्ति निकालेर देशको सर्वोच्च पदमा निर्वाचित गर्न कुनै बाधा नभएको दाबी गरेको हो । न्यायाधीश समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले जारी गरेको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधी र पूर्वन्यायाधीशलाई राष्ट्रपति हुन कुनै बन्देज नभएको उल्लेख गरिएको छ ।

नेपालको न्यायपालिकाको महत्त्वपूणर् जिम्मेवारीमा रहेर राष्ट्रलाई योगदान गरेका सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरू कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने संवैधानिक व्यवस्थाको अभिप्राय नेपालको संविधान बमोजिम निर्वाचनद्वारा पूर्ति गरिने पदमा उम्मेदवार बन्न नपाउने भन्ने नभएको समाजको टिप्पणी छ ।

केही दिन यता सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र खिलराज रेग्मीको नाम राष्ट्रपतिको रुपमा चर्चामा आएको छ ।

Nyayadhis-samaj-Judges Society Nepal1677135823.jpg

Nyayadhis-samaj-Judges Society Nepal-page21677135823.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार