बिहिवार, आश्विन २२ गते २०८३

एमालेले शनिबारका लागि डाक्यो सचिवालय बैठक, मुख्य एजेण्डा राष्ट्रपति निर्वाचन

बिहिवार , फाल्गुण ११, २०७९

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । नेकपा एमालेले सचिवालय बैठक फागनु १३ गते बिहान बस्ने गरि बोलाएको हो । उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ ।

त्यस्तै बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ । सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । नेकपा एमालेले पुस १० गते भएको सहमति अनुसार आफूले राष्ट्रपति पाउनुपर्ने माग राखेको छ ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते भएको सहमतिबाट पछि हटिसकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार