बिहिवार, आश्विन २२ गते २०८३

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

बिहिवार , फाल्गुण ११, २०७९

सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दिएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रस्तावित विधेयकमा संवैधानिक परिषदको बैठक बस्न आवश्यक गणपूरक संख्या, निणर्यको प्रक्रिया लगायतका विषय समावेश छन् ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याएर बैठक बस्न आवश्यक गणपूरक संख्या र निणर्यको प्रक्रियाका विषय संशोधन गरेका थिए ।

तर प्रतिनिधिसभाले पारित नगरेका कारण अध्यादेशमा उल्लेख भएको व्यवस्थाले कानुनी रुप लिन सकेन । बरु अध्यादेश निष्क्रिय भएका कारण संवैधानिक परिषदसम्बन्धी कानुनको अध्यादेशले संशोधन गरेको व्यवस्था जगाउने कामसमेत भएको छैन ।

यसैबीच आजको बैठकले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निणर्य गरेको छ ।

बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निणर्य गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार