काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग पनि भोलि नै थप वार्ता गर्ने बताए ।