बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपतिमा बनेको गठबन्धनले केन्द्र र प्रदेश सरकारको समीकरण पनि बदलिने!

शनिवार , फाल्गुण १३, २०७९

काठमाडौं। राष्ट्रपतिको निर्वाचनका लागि छुट्टै समीकरण बनेपछि त्यसको प्रभाव केन्द्र र प्रदेश सरकारमा समेत पर्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि केन्द्र र छ प्रदेश सरकारको समीकरण पनि बदलिने परिस्थिति बनेको हो ।

केन्द्र र सातै प्रदेशमा सरकारमा रहेको नेकपा एमालेसहितका दल सरकारबाट बाहिरिएमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाई विश्वासको मत लिनुपर्दछ ।

सरकारमा रहेका दलले सरकार छोडे सत्ता समीकरणमा फेरबदल हुनसक्छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै नयाँ राजनीतिक कोर्स भएको र त्यसैअनुसार अघि बढ्नुपर्ने बताईसकेका छन्। उनको त्यो भनाईले पनि सरकार बनाउने समीकरण समेत फेरिने स्पष्ट छ। 

शुक्रबार आफ्नो विपरितको गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने संकेत गरिसकेको छ ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलले गठबन्धन गरेपनि नेताहरूले सरकारका विषयमा भने छलफल नगरेको दाबी गरेका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सत्ता र सरकार सञ्चालनका विविध विषयहरूमा समेत समझदारी बनेको छ ।

बैठकमा सहभागी एक नेताकाअनुसार चार नेताले आगामी पाँच वर्ष सरकार सञ्चालनका विषयमा समेत भागबण्डा गरेका छन् ।

आठ दलको बैठकअघि राष्ट्रपति कांग्रेसले पाउने र ५ बर्ष प्रधानमन्त्री प्रचण्ड बन्ने, यो ५ बर्षको अवधिमा माधव नेपाललाई पनि १ बर्ष प्रधानमन्त्री दिनेगरि सहमति भएको बिषय बाहिरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार