बिहिवार, आश्विन २२ गते २०८३

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

शनिवार , फाल्गुण १३, २०७९

काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको छ । शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले नेता पौडेललाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।

नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निणर्य भएको छ ।राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची रहेको छ । मतदान यही फागुन २५ गते हुँदैछ ।

यस्तै नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षाको भूमिकाको लागि आफू तयार रहेको बताएका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान समेत गरे।

यसैबीच कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् । पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निणर्य गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक साथ रहने प्रतिक्रिया दिए।

उनले पौडेलको जित सुनिश्चित रहेको पनि बताए। उनले आफ्नो पनि राष्ट्रपतिको उम्मेदवारको रूपमा नाम आउनु स्वाभाविकै भए पनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निणर्य गरेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार