बिहिवार, आश्विन २२ गते २०८३

एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय

शनिवार , फाल्गुण १३, २०७९

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो ।

यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरे। पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले राष्ट्रपतिमा नेम्वाङ विजयी हुने बताएका हुन्। 

यसैबीच नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।

आजको बैठक पछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय भएकाले त्यसबेला सम्म पुस १० गतेकै सहमति अनुसार अघि बढे्ने निणर्य गरेको जानकारी दिए।

मङ्सिर ४ को निर्वाचनपछि एमाले र माओवादीबीच प्रधानमन्त्री ५ वर्षे कार्यकालमा आधाआधा र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने सहमति भएको थियो ।

त्यही अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्री बन्नुभएको थियो । पुस १० मा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति निर्वाचनका क्रममा फरक कित्तामा उभिएसँगै सत्ता समीकरण फेरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार