बिहिवार, आश्विन २२ गते २०८३

केन्द्रमा परिवर्तित समीकरणको असरः प्रदेश १ सरकार संकटमा !

शनिवार , फाल्गुण १३, २०७९

काठमाडौं। केन्द्रमा फेरीएको समीकरणका कारण प्रदेश १ सरकार संकटमा परेको छ। शुक्रबार राती सरकारको नेतृत्व गरेको दल नेकपा माओवादीसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सर्मथन गर्नेगरि नयाँ समीकरण बनाएसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

प्रदेशमा पनि सरकारलाई दिएको सर्मथन फिर्ता लिने निणर्य भए दुई महिना नपुग्दै हिकमत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । पार्टीको शनिबार बसेको केन्द्रिय कार्यसम्पादन तथा संसदीय दलको संयुक्त बैठकमा केन्द्र तथा प्रदेशमा सरकारलाई दिएको सर्मथन फिर्ता लिने निणर्य गरिसकेको छ। 

९३ सदसीय प्रदेशसभामा एमाले ४० सिट सहित ठूलो पार्टी छ भने कांग्रेस २९ सिटसहित दोस्रो र माओवादी १३ सिटसहित तेस्रो पार्टी रहेको छ । प्रदेश १ मा एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ । जसपा र राप्रपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रदेश १ को सरकार ढल्ने अवस्था देखिन्छ । 

यस्तै नयाँ समीकरणअनुसार गएपनि राप्रपाले एमालेलाई साथ दिएमा पनि एमालेलाई बहुमतका लागि एक सिट पुग्दैन । 

केन्द्रीय समीकरण अर्कै मोडमा गएकोले जसपाले एमालेलाई साथ दिने सम्भावना कमजोर देखिएको छ । अहिलेको सरकार ढल्दा प्रदेश नम्बर १ मा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने देखिन्छ ।

नयाँ सरकारका मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भने रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार