काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई मेयर पदबाट राजीनामा दिन दवाव आएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिन लगाउन खोजिएको बताएका हुन् ।
यद्यपी उनले कसले र किन राजीनामा दिन खोजियो भनेर उल्लेख गरेका छैनन्। उनले यो देश कहिले पनि नबन्ने समेत उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘मेयर पदबाट मलाई आज आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’