काठमाडौं। नवनिर्मित आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई प्रस्तावित गरिएपछि पहिलो बैठक आईतबार बसेको हो ।
कांग्रेस उपसभापति पूणर्बहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन्।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।
जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । गठबन्धनमा रहेका दलहरुको संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुको मत पौडेलको पक्षमा पार्न कार्यदल बनाएको हो । राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ ।