बुधवार, आश्विन १४ गते २०८३

घरेलु टाेली टोटनहमसँग चेल्सी २–० ले पराजित

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं । टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ । 

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गदैै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए । 

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार