बिहिवार, आश्विन २२ गते २०८३
मन्त्रीकाे भ्रमण रोक्नु आपत्तिजनक

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

सोमवार , फाल्गुण १५, २०७९

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

यस्तै बैठकले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको पौडेलले बताए ।

यस्तै बैठकले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको छ ।

सचिवालय बैठकपछि पाैडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको उल्लेख गरे ।

मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेले ठहर्‍याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार