बिहिवार, आश्विन २२ गते २०८३

एमालेका ८ मन्त्रीले बुझाए राजीनामा

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं। नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् । एमालेको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निणर्य गरेको थियो ।

बैठकले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको निष्कर्ष निकालेको थियो । 
एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ, बिमला राई पौड्याल परराष्ट्र, हरिरराज उप्रेती रक्षा, तथा पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए। 

यस्तै, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी शाह कृषि तथा पशुपंक्षी विकास र राजेन्द्रकुमार राइले भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार