बुधवार, आश्विन १४ गते २०८३

कोरियाली राजदुतकाे 'नाटु नाटु' डान्स भिडियो भाइरल, मोदीले गरे प्रशंसा

मंगलवार , फाल्गुण १६, २०७९

नयाँ दिल्ली। भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ।

भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार