शुक्रवार, आश्विन १६ गते २०८३

जजिराले भैरहवाबाट एक सातापछि पुनः उडान गर्ने

बुधवार , फाल्गुण १७, २०७९

काठमाडौं। जजिरा एयरलाइन्सले एक सातापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान थाल्ने भएको छ । जजिराले एक प्रेस विज्ञप्ति जारी गर्दै कुवेतका लागि सातामा ३ दिन उडान थाल्ने घोषणा गरेको हो ।

फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जनाएको छ । जसअनुसार भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः ०५ बजे कुवेतका लागि उडान हुनेछ ।

त्यस्तै कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११:५० बजे उडान हुनेछ ।

भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार