बुधवार, आश्विन १४ गते २०८३

इटालियन सिरी 'ए': नेपोलीकाे अपराजित यात्रामा लाजियाकाे ब्रेक

शनिवार , फाल्गुण २०, २०७९

काठमाडौं । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ ।

पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो । 

२५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै  शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ भने लाजियोको ४८ अंकसहित दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार