बिहिवार, आश्विन २२ गते २०८३

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, बिहीबार पेसी

मंगलवार , फाल्गुण २३, २०७९

काठमाडौैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।  २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर कानुन व्यवसायी ज्ञानेन्द्रराज आरण र द्वन्द्वकालीन घटनामा पीडित भएकाहरुले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । 

रिट निवेदक ज्ञानेन्द्रराज आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको बताए । ‘यसमा कुनै राजनीतिक दलको संलग्नता छैन, अदालतबाट जे फैसला हुन्छ हामीलाई त्यो स्वीकार्य छ’ उनले भने ।

रिटको पेसी भने बिहीबारका लागि तोकिएको छ ।

दर्ता भएको रिट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार