बुधवार, आश्विन १४ गते २०८३

न्यूयोर्कमा भएको भागदौडमा दुई जनाको मृत्यु, आठ घाइते

मंगलवार , फाल्गुण २३, २०७९

एजेन्सी। न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो ।

सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।   

स्थानीय प्रहरीले भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उृद्धार गरेको थियो । ती घाइतेमध्ये दुई जना महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो । अर्का एकजना महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीले जनाएको छ । 

प्रहरीले थप आठ जना घाइते रहेका जनाएको छ र उनीहरुलाई घटनास्थलबाटै अस्पताल लगिएको समाचारमा जनाइएको छ । 

कन्सर्ट हेरिरहेका मानिस कन्सर्ट सकिएपछि बाहिर निस्किने क्रममा भागदौड भएको थियो । गोली चल्न सक्ने भन्दै मानिसले हल्ला गरेपछि बन्दुकको डरले कन्सर्ट गर्नेहरू बाहिर निस्कने क्रममा आतङ्क मच्चिएको बताइएको छ । 

स्थानीय पुलिसले गोली चलाएको वा कसैलाई गोली हानेको वा छुरा प्रहार गरेको कुनै प्रमाण फेला नपरेको रोचेस्टर पुलिस विभागले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रहरीले गरेको अनुसन्धानमा गोली चल्नसक्ने भन्ने होहल्ला भएकाले मानिस भागाभाग गरेको हुनसक्ने र त्यहाँ गोली भने नचलेको पाइएको छ । 

कन्सर्ट भएको हलबाट निस्किने क्रममा सानो ढोकाका कारण मानिस च्यापिएर र पेलिएर घाइते भएका पाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार