काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको हो ।
हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले इन्जुरी समयमा गरेको गोल नै निणर्ायक बन्यो । जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन । पुलिसलाई पहिलो खेलमा चर्च ब्वाइजले हराएको थियो ।