बिहिवार, आश्विन २२ गते २०८३
के हुन्छ प्रकृया?

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ।

एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ। द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो।

आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ। 

सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको च्याप्टर क्लोज हुने छ। यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ। उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार