बिहिवार, आश्विन २२ गते २०८३

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक आजै दर्ता गर्ने सरकारकाे निर्णय

बिहिवार , फाल्गुण २५, २०७९

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आजै संसदमा दर्ता गर्ने निर्णय गरेकाे छ। 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।

माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने  निर्णय गरिएको थियो ।

सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार