बुधवार, आश्विन १४ गते २०८३

पपुवा न्युगिनीविरुद्ध आसिफ शेखको उत्कृष्ट शतक

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका छन् । 

टियु क्रिकेट मैदानमा जारी खेलमा शेखले १०१ बलमा १० चौका र २ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पनि पुर्याएका छन् । 

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार