बिहिवार, आश्विन २२ गते २०८३
आयोगका ७ निर्णय

राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना, आजै नतिजा

बिहिवार , फाल्गुण २५, २०७९

राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निणर्य गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निणर्य गरेको हो ।

आयोगको निणर्यअनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने छ । यस्तै स्वस्तिक छाप नभएको मत बदर हुने।  

सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर हुने, संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने तथा मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने निणर्य गरिएको छ ।

मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने तथा मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने निणर्य पनि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार