बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपति निर्वाचनको मतगणना जारी, ५३ जनाले भोट हालेनन्

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौं। राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । 

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडैल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने नेम्वाङ एमालेका उम्मेदवार हुन् ।

निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो ।

राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन पनि निर्वाचनमा सहभागी भएनन् ।

यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन्। भने रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्को एक सांसदको मृत्यु भएको छ ।

प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार