बिहिवार, आश्विन २२ गते २०८३

माओवादीधारका दलहरूको बैठक - अन्तर्क्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय

शुक्रवार , फाल्गुण २६, २०७९

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ। 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया गर्ने निर्णय र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा जुटेका छन् । केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए । 

आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव,  कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवत: शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार