बिहिवार, आश्विन २२ गते २०८३

उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको उमेर नपुग्ने

शुक्रवार , फाल्गुण २६, २०७९

नागरिक उन्मुक्ति पार्टीको पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले उहाँलाई उपराष्ट्रपतिको उम्मेदावार बनाउने निणर्य गरेको हो । यद्यपी उम्मेदवार बन्नका लागि संविधान र कानूनमा उल्लेख गरिएअनुसार उमेर भने श्रेष्ठको नपुग्ने देखिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ११ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो ।

त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ’राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निणर्य गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार