आईसीसी विश्वकप लिग-टूको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईले पीएनजीले लगातार चौथो हार ब्योहोरेको छ ।
हारसँगै युएईको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुँदा सोझै ओडिआई मान्यता प्राप्त पनि जोखिममा परेको छ । अब युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी तीन खेलनै जित्नुपर्ने हुन्छ ।
कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा पीएनजीले ५६ रनको जित हात पारेको छ । पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो । युएईका लागि युवा ब्याटर आर्यन लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै, ओपनर तथा कप्तान मोहम्मद वासिमले ४१ रन जोड्दै आक्रामक सुरुवात दिलाए पनि मध्यक्रमका अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
जितसँगै पीएनजी सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । हार पछि युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
हवस त अन्नपूणर् मिडिया नेटवर्क अन्तरगत बागमती प्रदेशमा ९४ मेगाहर्जसहित सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूणर् खबर अहिलेलाई यति नै । साँझ ७ बजे अन्नपूणर् अपडेटका साथ फेरि उपस्थित हुनेछौँ । हामीलाई बिदा दिनुहोस्, नमस्ते ॥