बुधवार, आश्विन १४ गते २०८३

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग

शुक्रवार , फाल्गुण २६, २०७९

काठमाडौं। मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ ।

उनलाई विभिन्न चार अलग-अलग संस्थाबाट २ सय ३२.५ मिलियन रिङ्गिट अर्थात ५१.४४ मिलियन अमेरिकी डलर घुस मागेको आरोप लागेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दिनलाई कुल १ सय ९५ मिलियन रिङ्गिट घुस लिएको आरोप छ ।

मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र  सोही अनुसारको जरिवाना हुनसक्छ ।

त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुन सक्छ ।

मुहिद्दीनले भने सबै आरोपमा निर्दोष भएको बताएका छन्। उनलाई हिरासतमा राखी जमानतमा रिहा गरिएको छ । सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नु भएका मुहिद्दिन पेरिकटन नेसनल पार्टीका अध्यक्ष हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार