बिहिवार, आश्विन २२ गते २०८३

प्रभु शाह पनि बालुवाटार बैठकमा, आम जनता पार्टी थपिएपछि बन्यो १० दलीय गठबन्धन

शनिवार , फाल्गुण २७, २०७९

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक शुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु भएको हाे । यसअघि गठबन्धनमा ९ दल सहभागी भएको थियो ।

यसपटकको बैठकमा भने प्रभु शाह पनि बालुवाटारको बैठकमा पुगेका छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार