बुधवार, आश्विन १४ गते २०८३

रोहितको अर्धशतकमा युएईलाई नेपालको मध्यम लक्ष्य

आइतवार , फाल्गुण २८, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई मध्यन लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाउँदै २४८ रन बनाएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकिय पारी खेले । आरिस शेखले ४३ रन जोड्दा भीम सार्मीले २७ रनको योगदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार