काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
हिजोदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । दशौं केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।