बिहिवार, आश्विन २२ गते २०८३

उपराष्ट्रपति निर्वाचनः गए राती देखी मौन अबधी सुरु

बुधवार , चैत्र १, २०७९

काठमाडौं । उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन । 

यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि नपाइने आयोगले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन् । 

प्रमिलाले भने आफूले उम्मेदवारी फिर्ता गर्दै आफनै पार्टीका जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेको भए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकाले आयोगकाे रेकर्डमा भने उम्मेदवारी कायमै रहेको छ ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रवार हुदैँछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार