आइतवार, श्रावण २४ गते २०८३

सोनिया अछामी अभिनीत 'तिम्रो हातैमा' सार्वजनिक (भिडियाे सहित)

बुधवार , चैत्र १, २०७९

काठमाडाैं। समाजसेवी कलाकार सोनिया अछामी अभिनीत 'तिम्रो हातैमा' को म्युजिक भिडियो सार्वजनिक भएको हो। मंगलबार योगेशकाजी शाह र विन्दु परियारले स्वर दिएको गीत 'मिठो क्रिएशन'मार्फत सार्वजनिक भएको हो। 

सरिका घिमिरेको शब्द रहेको गीतमा गायक समेत रहेका शाहले संगीत भरेका छन्। शाेभा बि.कद्वारा निर्देशित भिडियोमा सोनिया अछामीसँगै आकाश श्रेष्ठले पनि अभिनय गरेका छन्। 

अछामी विगत लामो समयदेखि कलाकारितासँगै समाजसेवामा पनि आबद्ध छिन्।

विगत १५ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय अछामी गोरखाकी हुन्। अछामीले बिभिन्न लोकदोहोरी तथा तीजका गीतहरुमा समेत अभिनय गरिसकेकी छिन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार