बुधवार, आश्विन १४ गते २०८३

आसिफ खानको विस्फोटक शतकमा नेपाललाई युएईको विशाल लक्ष्य

बिहिवार , चैत्र २, २०७९

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ । 

त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको  यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन बनाएको छ । 

यूएईका लागि भृत्य अरविन्द र कप्तान मोहम्मद वासिम र आसिफ खानले उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले बलमा चौका र छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे । खानले १०१ रनको योगदान गरे । 

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रन, हजरत बिलालले रन, अश्वन्त वल्थापाले रन, जहूर खानले रन र जुनैद सिद्दिकीले रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो । 

प्रतिक्रिया
सम्बन्धित समाचार