बिहिवार, आश्विन २२ गते २०८३

रवि विरुद्ध मुद्धा चलाउनु नपर्ने निर्णय

आइतवार , चैत्र ५, २०७९

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निणर्य गरेको छ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निणर्य गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाएको हो ।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा-रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको प्रतिवेदनमा भनिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निणर्य गरिएको जानकारी दिए। उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ ।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल प्रमुख न्यौपानेले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिएपनि त्यसको दुरुपयोग भएको नदेखिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार