बिहिवार, आश्विन २२ गते २०८३

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

सोमवार , चैत्र ६, २०७९

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निणर्य गरेको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

यो पटक पनि आफूहरुको प्रयासमा वामपन्थी सहितको सरकार बनाएको भन्दै ओलीले भने, ‘उहाँलाई सैह्य भएन । प्रधानमन्त्री हुनुभयो, भएको भोलिपल्टबाट इमान छोड्नुभयो, बेइमानी सुरु गर्नुभयो ।’ सम्माननीय प्रधानमन्त्रीको सन्दर्भमा यसो भन्नु ठीक नहुने भन्दै उनी आफैंले भने, ‘इमानमा रहन सक्नु भएन । दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उनको दाबी छ । अहिले पनि कसैको बढुवा गर्नुपर्यो भने आफ्नो (केपी ओली) नजिक हुनुहुँदोरहेछ भनेर नातावाद, कृपावादको मानसिकता देखाउने गरेको उनको आरोप छ ।

प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने, अर्थतन्त्रलाई ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने काम गर्ने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको ओलीको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार