बिहिवार, आश्विन २२ गते २०८३

एमाले र राप्रपा अस्थीर बन्दा छिट्टै विश्वासमो मत लिनुपर्‍यो, त्यसको जवाफ दिनुपर्छः प्रचण्ड

सोमवार , चैत्र ६, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा दोश्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले आफूमाथिको सर्मथन फिर्ता लिएइपनि विश्वासको मत लिन लागेको बताएका हुन्।

आफूले मात्रै भनाई सहयात्री सबै दलहरुले राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेपनि एमाले र राप्रपा नै अस्थिरताको कारक भएको आरोप समेत लगाए।

'राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो,' दाहालले भने, 'सरकार गठनको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने प्रतिरक्षामा निर्णय गर्ने दल र माननीयहरुले नै गर्नुहोला । यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरुले दिनुहोला । जनताको पनि आफ्नो मूल्यांकन गर्नुहोला । तर साथीहरुले अहिलेसम्म पनि प्रधानमन्त्रीको यो गलत कामको कारणले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भनेर भन्नुभएको छैन । '

क्याबिनेटमा पनि प्रधानमन्त्री र मन्त्रीहरुबीच कुनै मतभेद नभएको बताउदै प्रचण्डले ती दुई पार्टीले नमानेकै कारण राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास बिफल भएको समेत बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार