बिहिवार, आश्विन २२ गते २०८३
६५ प्रतिशत सर्मथन

प्रधानमन्त्री प्रचण्डले दोश्रोपटक पाए विश्वासको मत

सोमवार , चैत्र ६, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोश्रोपटक विश्वासको मत पाएका छन्। २७५ सांसद रहेको प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन्। उनको विपक्षमा ८९ मत पर्‍यो । १ सांसद तटस्थ बसे भने १० जना अनुपस्थित थिए।

सभामुख देवराज घिमिरेले संविधानको धारा १०० को २ बमोजिम विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।

एमाले र राप्रपाले भने प्रचण्डको प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यस्तै नेमकिपा तटस्थ बसेको छ  ।

प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन् ।

यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए।

एमाले नेतृत्वको सात दलीय गठबन्धन छाडेर चुनावअघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार