काठमाडौं। नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचान पक्षधरहरूले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुंगामा अवरोध गरेका छन् ।
सदरमुकाम ओखलढुंगामा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री कार्की विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर अवरोध प्रयास गरेका थिए ।
मन्त्रीको गाडीको झण्डा निकालेर गाडीमा आक्रमण गर्न खोजे पनि प्रहरीले आन्दोलनकारीलाई दमन नगरि हटाएको थियो । दुई दिनदेखि ओखलढुंगामा रहेका कार्की वडा नं. १ को एक कार्यक्रममा जाने क्रममा कालो झण्डा देखाएका हुन् ।
केही संख्यामा रहेका आन्दोलनकारीलाई प्रहरीले हटाएर मुख्यमन्त्रीलाई गन्तव्यमा पठाएको थियो ।