बिहिवार, आश्विन २२ गते २०८३

सरकारमा सहभागिता हुनेबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल

मंगलवार , चैत्र ७, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागितासहिताबारे गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको  छ ।

मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो । 

'सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने छ,' प्रवक्ता जगन्नाथ खतिवडाले भने, 'एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्नु भएकाले हाम्रो कुन कुन मन्त्रालयमा दाबी रहने छ भन्ने विषयमा पनि कार्यदलले गर्ने छ । नीति तथा कार्यदल दाबी गरेको छ ।'

images

संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार