बिहिवार, आश्विन २२ गते २०८३

झण्डै २ महिनापछि कर्णाली प्रदेशसभा बैठक आह्वान

बिहिवार , चैत्र ९, २०७९

काठमाडाैं। झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएकाे बताएका छन्। 

अहिलेसम्म बैठकका कुनै एजेण्डा पेश भएका छैनन् । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ गते १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने सचिव बुढाथोकीले बताए ।

पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सभामुख र उपसभामुख चयन भएपछि छ वटा बैठक बसिसकेको छ । सभामुख माघ १ र ३ माघमा उपसभामुख चुनिएका थिए ।

माघ ६ मा मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिएका थिए । त्यस्तै, कर्णाली प्रदेशमा अहिलेसम्म ‘मिनी संसद’ संसदीय समिति समेत गठन भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार