बिहिवार, आश्विन २२ गते २०८३

सरकारमा जान लोसपाले माग्यो सम्मानजनक सिट, बारा-२ मा पनि उम्मेदवारी दिने

बिहिवार , चैत्र ९, २०७९

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा सहभागिता हुनका लागि सम्मनजनक सहभागिता मागेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन्।

उनले निर्वाचन अघिकै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए। 

उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षा अनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निणर्य बैठकले गरेको पनि बताएका छन् । 

यस्तै आगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उप निर्वाचनमा बारा-२ मा पार्टीबाट शशक्त उम्मेदवारी दर्ता गराउने निणर्य गरेको छ ।

सो क्षेत्रमा पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको भण्डारीले बताए ।बारा-२ अहिलेसम्म  १० दलीय गठबन्धनमै रहेका लोसपा, जसपा र जनमत पार्टीले आफ्नो उम्मेदवार रहने बताईसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार