बिहिवार, आश्विन २२ गते २०८३

नेकपा एसले माग्यो तीन मन्त्रालय, नपाए सरकारमा नजाने

शुक्रवार , चैत्र १०, २०७९

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा आज समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरेका हुन्।  

पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत पनि गरे। कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने खनालको तर्क थियो ।

‘कोशी’ प्रदेशको नामको विषयमा बहस आवश्यक रहेको तर,नाम परिवर्तको विषयमा आन्दोलन गर्नु सान्दर्भिक नरहेको उनको टिप्प्णी छ । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सकंट रहेको खनालको ठम्याइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार