बिहिवार, आश्विन २२ गते २०८३

बागमती प्रदेश सरकारबाट बाहिरिएको एमालेको घोषणा

शुक्रवार , चैत्र १०, २०७९

काठमाडौं। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिएको घोषणा गरेको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरेका हुन्।

करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे।

केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए।

माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताए। प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उनले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निणर्य गरेको बताए।

प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभाको विश्वासको मत लिंदै छन्।  एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निणर्य गर्दा नेपाली कांग्रेसले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारी गरेको छ । 

यसअघि मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिन बुधबारै बैठक बोलाएपनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आजका लागि सारिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार