बिहिवार, आश्विन २२ गते २०८३

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको सर्मथन 

शुक्रवार , चैत्र १०, २०७९

काठमाडौं। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

पुस २५ मा सरकारको मुख्य साझेदार माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संसदीय दल बैठकको निणर्यलगत्तै कांग्रेस-माओवादी संयुक्त बैठक सुरू भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार