काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।
विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।