काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड गुमाएका छन् ।
इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।
इंगल्याण्ड क्रिकेट बोर्डले दिएको इन्स्ट्रक्सन अनुसारनै सबै प्रक्रिया पुरा गरेको भएपनि आफ्नो भिसा किन मान्य भएन भनेर बोर्डका कुनै सदस्यले सही जवाफ नदिएको बताएका छन् ।
उनले आफुले जस्तो समस्या भोग्न नपरोस भनेरयस विषयलाइृ गम्भिरताका साथ हेर्नपनि उनले अनुरोध गरेका छन्।
साथै उनले आफ्ना फ्यानहरुलाई सम्झिँदै यस भन्दा अगाडी अझ राम्रो दिनहरु आउछ भनेका छन् ।