बुधवार, आश्विन १४ गते २०८३

थ्री नेसन्स कप : लाओसको पहिलो जित, भुटान २-१ ले पराजित

शनिवार , चैत्र ११, २०७९

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसले पहिलो जित निकालेको छ ।

आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई २-१ ले पराजित गर्दै फाईनलको सम्भावना कायमै राखेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा बोन्पाचान बोन्कोंगको गोलमा लाओसले अग्रता लिएको थियो । खेलको ३४ औं मिनेटमा भुटानका लागि चेन्चो ग्यालेसनले बराबरी गोल गरे। दोस्रो हाफको ७१ औं मिनेटमा बोन्कोंगले लाओसलाई पुनः अग्रता दिलाए ।

यस जितले ३ अंक बोकेको लाओसको फाइनल पुग्ने सम्भावना जीवित छ ।

अब मंगलबार हुने समूह चरणको अन्तिम खेलमा ३ अंक जोडेको नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार