बुधवार, आश्विन १४ गते २०८३

ब्राजिलमाथि मोरक्कोको रोमाञ्चक जित

आइतवार , चैत्र १२, २०७९

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित भएको छ। मोरक्कोले पाँचपटकको विश्व च्याम्पियन ब्राजिलमाथि २–१ को रोमाञ्जक जित निकाल्यो।

मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले १–१ गोल गरे। ब्राजिलका कप्तान क्यासमिरोले १ गोल फर्काए।

आइतबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोली मोरक्कोमाथि खेल अवधिभर दबाब कायम राख्यो। तर, नतिजा भने आफ्नो पक्षमा पार्न सकेन। 

खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाए। ब्राजिलका कप्तान क्यासमिरोले ६७औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

ब्राजिलले त्यो बराबरीलाई रोक्न सकेन। ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै मोरक्को जित पक्का गरे। 

ब्राजिलले अधिकांश युवा खेलाडीलाई मैदान उतारेको थियो। चोटका कारण नेयमार, कप्तान थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेस टोलीमा थिएनन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार